बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

प्रचण्डलाई भेटेर पौडेलले भने ‘उपसभामुख काँग्रेसलाई दिनुस्’


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेसँगै उपसभामुखमा चर्चा सुरु भएको छ । उपसभामुखका लागि प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले दाबी गरेका छन्।

यसैक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो प्रचण्ड निवास खुमलटारमा पुगेका पौडेलले प्रचण्डसँग उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार भेटमा पौडेलले सभामुखमा नेकपाको उम्मेद्वारी परेकाले अब उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुने बताएका छन् । जवाफमा दाहालले यो विषयमा आफू सकारात्मक भएको र थप छलफल गर्न तयार रहेको बताएका थिए।

उपसभामुखकै दाबीका लागि कांग्रेसले मंगलबार सभामुख पदमा उम्मेद्वारी नदिइ अग्नि सापकोटालाई निर्विरोध हुने मौका दिएको छ। औपचारिक हिसाबले माघ १२ गते सभामुख चयनपछि मात्र उपसभामुख निर्वाचनको प्रक्रिया सुरु हुने भएपनि प्रतिपक्षी कांग्रेस र राजपामध्ये कुन दलले उपसभामुख पाउला भन्ने चासो सुरु भएको छ ।

संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलबाट बनाउन नमिल्ने र फरक लिं’ग हुनुपर्ने हुँदा अब नेकपाले चाहेकै अरु दलबाट उपसभामुख बन्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट