आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् ।

उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ । तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने भनि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भएको थियो । सम्झौताको पहिलो बुँदामा ‘नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने भनि उल्लेख छ ।

सो सहमतिपछि किसानहरु आन्दोलन स्थगित गरेर मधेस फर्किएको भएपनि किसानले भने प्रतिवद्धताअनुसार भुक्तानी पाउन नसकेका हुन् ।

आन्दोलनमा संलग्न रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री राकेश मिश्रले सरकारले प्रतिवद्धता गरे अनुसार किसानले भुक्तानी नपाएको बताए । आफूले सरकारबाट पाएको तथ्यांक अनुसार चिनी उद्योगीहरुले हिजोसम्म १५ करोड रुपियाँ भक्तानी गरेको देखिएको छ । तर किसानले त्यति पनि नपाएको दावी उनले गरे ।

प्रतिक्रिया
ताजा अपडेट