शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

ग्यास हिटरले घुम्न आएका ८ पर्यटकको लियो ज्या१न


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

काठमाडौं : मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृ;त्यु भएको छ । मृ;त्यु हुनेमा भारत केरालाका ३९ वर्षिय रञ्जीत कुमार, उनकी श्रीमती ३४ वर्षिया इन्दु रञ्जित र छोरा २ वर्षीय वैष्णव रहेका छन् ।

यसैगरि मृ;त्यु हुनेमा ३९ वर्षिय प्रविणकष्ण नायर, उनकी श्रीमती ३४ वर्षिया सरैया नायर, ५ वर्षिय छोरा अभिनव, ६ वर्षिया छोरी अरचा र ४ वर्षीया छोरी बद्रा रहेका छन् । होटेलमा अचेत अवस्थामा भेटिएका उनीहरुलाई उपचारका लागि हेलिकोप्टकरबाट काठमाडौस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।

अस्पतालका अनुसार आठैजनाको होटलमै मृ;त्यु भएको थियो । एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार राती दुई परिवारका आठ पर्यटक एउटै कोठामा रात बिताएका थिए । पन्ध्र जनाको समूहमा रहेका भारतीय पर्यटकहरुले होटलमा चारवटा कोठा लिएको तर राति चिसो भएपछि उनीहरु दुईवटा कोठामा सुतेका थिए ।

चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको प्ररम्भिक अनुमान गरिएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनी मार्फत दामन पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट