शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

अग्नि सापकोटाविरुद्ध उम्मेदवारी नपरेपछि १२ गते मतदान नहुने


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

काठमाडौँ, ७ माघ । सभामुख पदमा अग्नि सापकोटाविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि १२ गते मतदान नहुने भएको छ। सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको थियाे।

रिक्त सभामुख पदका लागि प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने अन्य दलबाट उम्मेदवारी नआएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। सचिवालयले उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो।

सापकोटाले सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् ।

तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट