शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

कपालको चायाँ हटाउने केही घरेलु टिप्स


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

कपालमा चायाँ परेर हामीमध्ये धेरैजना हैरान भइरहेका हुन्छौं । चायाँले कपाललाई मृतप्रायः बनाइदिन्छ । बजारमा चायाँ हटाउने श्याम्पुहरू पाइन्छन् तर कुनै पनि श्याम्पुले पूर्णतः चायाँ हटाउन सक्दैनन् ।

त्यसैले यो ढीठ चायाँलाई हटाउनका लागि घरेलु उपाय अपनाउने सल्लाह दिइन्छ ।

यी हुन् उपाय :

१. कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।

२. दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ ।

३. पिसेको मेहेन्दी एक कप, अलिकति कफी पाउडर, एक चम्चा दही, एक चम्चा कागतीको रस, एक चम्चा दही, एक चम्चा पानको कत्था, एक चम्चा अमलाको धूलो र एक चम्चा पुदिनाको धूलो मिसाएर पानीमा भिजाएर राख्नुस् ।

त्यसपछि कपालमा एक घन्टासम्म यो मिश्रण राख्नुस् । त्यसपछि मजाले कपाल धुनुस् । कपाल मुलायम र कालो हुन्छ अनि चायाँ पनि गायब हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट