शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

कुनै बेला पैसा नहुदा झिं’गा परेको लस्सी पिएका शाहरुखान, कसरी भए बलिउडका बादशाह ?


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् ।

हालै शाहरुखले रियालिटी शो डान्स प्लसको शूटिङ गरे । सामाजिक सञ्जालमा शूटिङका तस्वीरहरु भाइरल भइरहेका छन् । उनले उक्त शोको झण्डै ६ घण्टा शूट गरेका थिए ।

यस क्रममा शाहरुखले कैयन् कुराको खुलासा गरेका छन् । मुम्बई मिररका अनुसार शाहरुखले आफ्नो पहिलो ताजमहल घुमफिरका बारेमा पनि बताए । उनले जीवनको पहिलो कमाइ ५० रुपैयाँ भएको पनि खुलाए ।

पहिलो कमाइपछि उनी ताजमहल घुम्न गए । उनको सबै पैसा रेलको टिकटमा खर्च भएको थियो । त्यतिबेला उनीसँग ५० रुपैयाँ थियो । केवल पिंक लस्सीका लागि उनीसँग पैसा बचेको थियो । शाहरुखले एक लस्सी किने तर उनको लस्सीमा झिं’गा पर्‍यो । शाहरुखले उक्त लस्सी पनि पिए ।

त्यो लस्सी खाएपछि आफूलाई यात्राका क्रममा वा’न्ता भएको पनि उनले खुलाए । साथै शाहरुखले यो पनि बताए कि, आफू ९५ वर्षको हुँदा पनि छैंया छैंया गीतमा नाच्नेछन् ।

यो गीत शाहरुखको फिल्म ‘दिल’ मा समावेश छ । उनले यो गीत रेलको छतमा शूटिङ गरेका थिए । यो गीत शाहरुखका फिल्मको रुचाइएको गीतमध्ये एक हो ।

प्रतिक्रिया
ताजा अपडेट