शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

दामन घुम्न आएका ८ भारतीय पर्यटकको मृ’त्यु : ग्याँस हिटरका कारण भएको अनुमान


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृ’त्यु भएको छ । दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकहरु अ’चेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले बताएको छ ।

दामनको एभरेष्ट पानोरामा होटलमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले बताए ।

जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर ज’ब’र’जस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए ।

त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए । बिहान ८ बजेसमम पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन । त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा उनीहरु अ’चेत अवस्थामा भेटिएको थियो ।

लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो ।अ’चेत अवस्थामा भेटिएका ८ जनाको मृ’त्यु भइसकेको ह्याम्स अस्पताल श्रोतले बताएको छ ।

होटलमा म्यानेजर केसीका अनुसार ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजनको अभाव भई पर्यटकको मृ’त्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको नाम र ठेगाना खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट