आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

नेपाली भाषा बिगा’र्न राज्य नै लाग्यो – क्रिश्चियनको प्रभावमा नेपाली भाषामाथि ठुलो षड’यन्त्र हुदै (भिडियो)


  • स्वदेश नेपाल
  • बिहि, माघ २, २०७६

मानवजातिले भाषालाई माध्यम बनाएर व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका विविध गतिविधि सञ्चालन गर्छ । मानवजीवनका लागि भाषा सबैभन्दा ठूलो वरदान हो । नेपाल र नेपालका भाषाहरुको सन्दर्भमा नेपालमा १२३ भाषाहरु अस्तित्वमा छन्, तीमध्ये नेपाली भाषालाई नेपालको संविधान २०७२ को धारा ७, उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा, नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनी उल्लेख गरिएको छ ।

धारा ७ को उपधारा २ मा प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई पनि प्रदेशको कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ । तथापि, नेपालका सातवटै प्रदेशमा सबै जातजातिको मिश्रित बसोवास रहेको छ, कतिपय जातजातिका आजका बालबालिकाले मातृभाषा भुल्दै गएका छन् ।

यद्यपि, कुनै पनि जातजातिले मातृभाषा भुल्नु राम्रो होइन। नेपाली भाषा सरकारी कामकाजको भाषामात्र होइन, संवैधानिक भाषा, साझा सम्पर्कको भाषा, औपचारिक शिक्षाको मूल माध्यमको भाषा, आमसञ्चार तथा पत्रकारिताको भाषा पनि हो ।

नेपाली भाषाको प्रयोग क्षेत्र नेपालमा मात्र सीमित नभएर नेपालबाहिरका विभिन्न क्षेत्रमा यस भाषाको व्यापक रुपमा प्रयोग हुन्छ । भारतमा नेपाली भाषाले आंशिकरुपमा भए पनि संवैधानिक मान्यता पाएको छ । भारतका आसाम, दार्जीलिङ, सिलोङ, बनारस र देहरादूनमा बसोवास गर्ने नेपालीहरुको मूल भाषा नै नेपाली हो ।

ती ठाउँका विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयको औपचारिक शिक्षामा समेत नेपाली भाषालाई समावेश गराइएको छ । त्यहाँ नेपाली भाषालाई मान्यता दिलाउन नेपालीहरुले ठूलो सङ्घर्ष गर्नुपरेको कुरालाई भुल्न सकिँदैन ।

मूलतः विश्वकै समृद्ध सभ्यता र ज्ञान भएको संस्कृत भाषाबाट विकसित भाषा हो, पत्रकारिता वा आमसञ्चारको सशक्त भाषा हो, अधिकांश साहित्य–कला प्रस्तुत गर्ने भाषा हो, धार्मिक गतिविधि, पुराण प्रवचन गर्ने र नीति–नियम तथा ऐन–कानुन निर्माण गर्ने भाषा हो, सबै तहका न्यायपालिकामा बहस, पैरवी र मुद्दा फैसला गर्ने भाषा हो, गीतसंगीत र चलचित्र निर्माण गर्र्न भाषा हो, विभिन्न दलका घोषणपत्र, कार्यपत्र तयार पार्ने, प्रखररुपमा भाषण गर्ने, उखान टुक्का मीठा शब्दजाल रचेर मत माग्ने नेताको मुख्य भाषा नै नेपाली भाषा हो ।

साथै पछिल्लो समय नेपालीहरुमा अंग्रेजी भाषाको बढ्दो मोहले नेपाली भाषा समस्यामा पारिँदै लगिएको छ । भाषा बिगार्न धार्मिक अतिवादी संघ/संगठनदेखि समाजका विद्धान भनिनेहरु खुलेरै लागेका छन् भने राज्यको नीति निर्माणमा बसेकाहरु पनि भाषा सुधार्न चासो दिएका छैनन् ।

उनीहरु मौन बसेका छन् । विदेशीको हुण्डी खानेले भाषामा दख्खल दिएर नेपाली भाषा समस्यामा पार्न खोजेको पाइएको सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् । नेपाली भाषा प्रयोगमा बढ्दो अंग्रेजी मिसावट र त्यसलाई सुधार्नुपर्छ भन्ने शिक्षकहरु नै समाजका विद्धानहरुका कारण असमञ्जसमा परेका छन् ।

हामीले नेपाली भाषा विभाग बूढानिलकण्ठ स्कुलका प्रमुख ज्ञानप्रसाद आचार्यसँग नेपाली भाषामा बढ्दो आक्रमण किन भैरहेको छ ? यसलाई सुधार्ने उपाय र नेपाली भाषा सुधारका लागि मिडियाको भूमिका लगायतबारे कुराकानी गरेका छौँ । हेरौँ यो भिडियो :

प्रतिक्रिया
ताजा अपडेट