सोम, माघ १३, २०७६
Mon, January 27, 2020

‘ज्या’न बचाउन कुवेतमा भगवान पुकारेको त्यो दिन अनि दुःखको सागरबाट उडाएर ल्याउने जहाज


  • स्वदेश नेपाल
  • बुध, माघ १, २०७६

काठमाण्डौ – रातको १२ बजेको थियो । साहुनी र बालबच्चा निदाइसकेका थिए । कन्काइ वि.क. (परिवर्तित नाम)लाई लाग्यो, घर छाडेर भाग्ने उपयुक्त समय यही हो ।

आफ्ना केही लुगाफाटा फोहोर फाल्ने प्लास्टिकमा राख्नुभयो । घरबाट फोहोर फाल्न मात्र बाहिर निस्कन पाइन्थ्यो । त्यसैले फोहोर फाल्ने निहुँमा बाहिर निस्किएका बेला भाग्ने उहाँको योजना थियो ।

कन्काइको भाग्ने योजना सफल हुन त पाएन । तर नसोचेकै भयो । उहाँ त्यसको तीन दिनपछि अथवा गएको असार २० गते कुवेतबाट नेपाल आइपुग्नुभयो ।

भयो के भने भाग्नका लागि फोहोरको प्लाष्टिकमा सामान हालेर निस्कन खोज्दा मूल ढोकामै साहु भेटिए । साहुसँग ढोकामा जम्का भेट भएपछि कन्काइको सातो गयो । अघिपछि फोहोर फाल्न निस्केझैं ढुक्क भएर बाहिर निस्कने आँट आएन ।

हातखुट्टा लग’लगी काँ’पे ।घरभित्रै फर्किएर फोहोरको भाँडोमा प्लाष्टिक खाँद्दै गर्दा साहुनीले पनि देखिन् । साहु साहुनी दुवैले सोधीखोजी गरे । कन्काइ बोल्न सक्नु भएन । मनमनै भगवान पुर्कानुभयो । नराम्रो केही नगरुन् भन्ने कामना गर्नुभयो ।

यो घटना कुवेतको हो । जहाँ कन्काइ साढे एक वर्षदेखि घरेलु कामदारका रुपमा काम गरिरहनुभएको थियो । सधैंको कु’टा’इ, गा’ली अनि भोको पेटमा काम । साहु साहुनीका दु’व्र्य’व’हार सहन नसकेर ज्या’न बचाउन भाग्ने विकल्प रोजेकी कन्काइको यो योजना विफल मात्रै भएन, फेरि थप कु’टा’इ सहन पर्‍यो ।

घरबाट सामान चे’रे’र भाग्न लागेको भन्दै साहुनीले झोला मात्रै हैन, कन्काइको शरीरका लुगा खोलेर जाँच गरिन् । नां’गै बनाइदिइन् । पि’ट्नु’सम्म पिटिन् ।

‘मैले त हे भागवान मलाई बचाउ भनेर भगवान पुकारें,’ त्यो क’हा’ली’लाग्दो क्षण सम्झँदै कन्काइले भन्नुभयो, ‘के लगिस्, किन भाग्न खोजिस् भन भन्दै पि टे, श्वास नै रोकिएला जस्तो भएको थियो ।’ त्यसो झ ण्डै एक घण्टापछि कन्काइको मुखबाट वाक्य फुर्‍यो, ‘म नेपाल एम्बेसी जान लागेको ।’

‘लिन आउने कोही छ ?’ साहुले प्रश्न गरे । कन्काइले आफू एक्लै दूतावाससम्म जान लागेको बताउनुभयो । त्यसपछि बल्ल रोकिए साहुनीका हात ।

‘खानकै लागि त म सात समुद्र पारि आएको हुँ, खान नपाएपछि किन बस्नु, मलाई घर पठाइदिनु बाबा, म रे पनि आफ्नै घरमा म’र्छु,’ कन्काइले साहुलाई अनुरोध गर्नुभयो ।

त्यसपछि साहुले अरु घरमा काम नगर्ने क’सम खुवाए । कन्काइले पनि आफू घर नै फर्किने विश्वास दिलाउनुभयो । त्यसपछि त्यसको तीन दिनमा उहाँ नेपाल फर्कन पाउनुभयो । साहुले नै जहाजको टिकट काटेर घर फर्काइदिए ।

जहाजबाट ओर्लिएपछि राम्रोसँग जहाजलाई नियाल्नुभयो । अनि त्यो दुःखको सागरबाट उडाएर ल्याउने जहाजलाई पनि मनमनै धन्यवाद दिनुभयो ।

विमानस्थलबाट घर फर्किने पैसा पनि साथ नभएपछि काठमाण्डौमै ‘अम्कास नेपाल’को महिला आवास गृहमा बसिरहेकी कन्काइले यति सुनाएपछि लामो सास तान्नुभयो । अनि, भन्नुभयो, ‘त्यो न’र्क’जस्तो विदेश त कोही पनि नेपाली दिदीबहिनी नजाउन् ।’

स्रोत–उज्यालो

प्रतिक्रिया
ताजा अपडेट