सोम, माघ १३, २०७६
Mon, January 27, 2020

सुन्दर डाँडामा ड’नको दोहन : क्रसर र खानी भएका जिल्लामा सिडिओ र एसपीको सरुवा उनीहरुको निर्देशनमा


  • स्वदेश नेपाल
  • बुध, माघ १, २०७६

१. सत्तारुढ दलको पहलमा नुवाकोट पुगेका एसपी सरुवा

गत वर्ष नुवाकोटका क्रसर व्यवसायीहरू गृह मन्त्रालय धाइरहेका थिए । आफूअनुकूलका एसपीलाई लैजान उनीहरूले सत्तारुढ नेकपा नेताहरूलाई भेटिरहेका थिए । आफूहरूको खानी र क्रसरलाई सहयोग गर्ने एसपी उनीहरू नुवाकोट लैजान चाहन्थे ।

उनीहरूकै रोजाइअनुसार प्रहरी प्रधान कार्यालयले एसपी कृष्णबहादुर पल्लीमगरलाई पठायो । पल्लीमगर पुगेपछि खानी र क्रसरको व्यवसाय चम्कियो, नदीको दोहन अनियन्त्रित भएको भन्दै स्थानीयको विरोध पनि चुलियो । नदीको दोहनमा प्रहरी नेतृत्वको मिलेमतोको खुलस्त भएपछि ६ महिनाभित्रै पल्लीमगरलाई झिकाउन प्रहरी प्रधान कार्यालय बाध्य भयो ।

२.. क्रसरकै कारण गोरखामा सिडिओ र एसपीबीच विवाद

गत वर्ष गोरखामा बालुवा खानी तथा क्रसरकै कारण एसपी र सिडिओबीच विवाद भयो । खासमा खानी तथा क्रसर उद्योगीबाट प्राप्त आम्दानी बाँडफाँडमा उनीहरूबीच भएको विवाद बाहिर आएको थियो ।

सिडिओ नारायणप्रसाद भट्टराईले खानी सञ्चालकलाई संरक्षण गरेको आरोप एसपी विमल बस्नेतको थियो । सोही विवाद चर्किएपछि दुवैजनालाई गृह मन्त्रालयले सरुवा गरेको थियो । त्यसपछि पनि गोरखामा एक दर्जन खानीहरू अवैध रूपमा सञ्चालन भइरहेका छन् ।

३. क्रसरमा प्रहरीको सेयर, हेर्न जाँदा डिआइजीको मृत्यु

कतिपय जिल्लामा सिडिओ र प्रहरी अधिकारीहरूले नै आफन्तको नाममा क्रसर र खानीमा सेयर लिएका छन् । आफूले सेयर पाएको बालुवाखानीकै बारेमा बुझ्न जाँदा डिआइजी सुशील भण्डारी चढेको गाडी एक वर्षअघि मण्डन–देउपुरमा दुर्घटनाग्रस्त भएको थियो, जहाँ उनको समेत निधन भयो । त्यस्तै, डिएसपी सुकदेव खनाल काभ्रेमा कार्यरत रहँदा बेथानचोकस्थित एक क्रसर उद्योगको सेयर श्रीमतीको नाममा लिएका थिए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र टेकराज थामीले लेखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट