सोम, माघ १३, २०७६
Mon, January 27, 2020

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृ’त्यु


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

जनकपुर। जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना युवाको मृ’त्यु भएको छ। मंगलबार धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको सो बसले विपरीत तर्फबाट आइरहेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा २ युवाको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोश ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ। आ’क्रो’शित स्थानीयहरुले मोडेल कलेजको बसमा आग’जानी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट