सोम, माघ १३, २०७६
Mon, January 27, 2020

सूदुरपश्चिममा १२ बर्षपछि भारी हिम’पात, जनजीवन प्रभावित (फोटोफिचर)


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

बाजुरा । बाजुरालगायत सूदुरपश्चिमका हिमाली जिल्लाहरुमा यस बर्षको चौथो पटक र यस अगाडीको तुलानमा १२ बर्षपछि बर्षासंगै परेको हिम’पातले जनजिवन प्रभावित भएको छ । पटक–पटक हिमपातसंगै पानी परेका कारण खेती राम्रो हुने भन्दै किसानहरुले राहत महशुस गरेका छन् ।


अधिकास हिमाली क्षेत्रमा सोमबार बेलुकीदेखि नियमित परेको हिम’पातका कारण जनजिवन कष्ट’कर भएको छ । हिम’पातका कारण बाजुराका दुर्गम गाउँपालिकाबाट सदरमुकाम आउने जनताहरु बिच बाटोमा अलपत्र परेका छन् ।

हुम्ला मुगु र बाजुराका जनताहरु अछामको साँफेबगरबाट भएर बाजुरा हुँदै घर जान नपाउँदा बाजुराको सदरमुकाम मार्तडी बजारमा बसेर खर्च नभएको दुखेसो पोखीरहेका छन् । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट र मार्तडी जुकोट, गोत्री लगाएतका गाउँमा हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् ।

पाण्डुसैन र मार्तडीको बिचमा पर्ने पोरखे लेखमा धेरै हिमपात भएपछि, सदरमुकाम देखि उत्तरी भेगमा पर्ने बजार र एरपोट बजारमा दैनिक उपभोग्य सामान र खाद्यान्न वोक्ने ट्याक्ट र जिप लगाएतका साना सवारीसाधान मान्छेकोे आवत जावत समेत बन्द भएको छ । सो क्षेत्रमा ५÷६ फिट भन्दा बेशी हिमपात भएको कुरा स्वामीकातिएक मानासरवर यातायात प्रालिका अध्यक्ष बताएका छन् ।


यता लामो समयदेखि पानी नपरे कृर्षी बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषकहरु खुशि भएका छन् । अन्न बाली राम्रो हुने उनीहरुको आषा छ ।

तिन दिन यता मैसम बिग्रीयका कारण र भारी हिमपात भएकाले कोल्टी बिमान स्थलमा हवाईजहाजले उडान भर्न नपाएकाले जहाजको प्रकाखाईमा बस्दा बस्दा खर्चबढेको सर्बसाधारणको गुनासो छ । लगातारको बर्षाद र हिमपातका कारण चिसो बढेपछि जिल्ला सदरमुकाम मार्तडीका कार्यालयहरुमा आगो बाली कर्मचारीहरु बसेका देखिन्छन् ।

भदै पछिको पहीलो पटक पानीसंगै हिमपात भएका कारण स्थानीय युवाहरु समुह समुहमा फोटो खिच्न ब्यस्थ देखिएका छन् । उनीहरुमा नयाँ खालको उमंग रहेको कुरा स्थानीय धनबहादुर रोकायाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट