सोम, माघ १३, २०७६
Mon, January 27, 2020

प्रहरी प्रशासनकै आडमा दिलिपको ह’त्या गरिएकाे मुख्यमन्त्री राउतकाे आराेप


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासनकै आडमा अ’वैध बालुवा गिट्टी उत्खननकाे विराेधमा उत्रिएका ओमप्रकाश भनिने दिलिपकुमार महतोकाे ह’त्या गरिएको आरोप लगाउनु भएको छ ।

यादवले दिलिपकाे ह’त्या गरी प्रहरी प्रशासनकै मिलोमतोमा घटनालाई दुर्घटनामा परिणत गर्न बिनामुचु’ल्का श’व पो’ष्टमा’र्टमका लागि पठाइएको बताउनु भएको हो

मंगलबार नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय, र परराष्ट्र मामिला अध्यन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएकाे हाे ।

प्रहरी प्रशासनकै मिलोमतोमा प्रदेशका नदी तथा खोलाहरुमा दर्जनौँको संख्यामा अ’वै’ध क्रसरहरु सञ्चालन भइरहेकाे उहाँले बताउनुभयाे । जिल्लाका प्रमुख जिल्ला अधिकारी सक्रिय भएर नियन्त्रण गर्नतर्फ लागे अ’वै’ध क्रसर उद्योगहरु बन्द हुनसक्ने भन्दै यादवले सम्बन्धित निकाय निस्क्रिय भएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको मातहतमा प्रहरी प्रशासन भएको भए यस्ता अ’वै’ध उत्खनन कार्य पहिले नै खत्तम हुनसक्थ्यो । तर दु’र्भा’ग्य, संघ सरकारले शान्ति सुुरक्षाको नाममा अ’वै’ध काममा सघाउँदै आएकाे छ ।’

उहाँले अवैध उत्खनन र चुरे दोहनमा यहाँका स्थानीय प्रशासन मात्रै नभइ गृहमन्त्रालयसम्मको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउनुभयाे । ‘प्रदेश-२ समाप्त पार्न तलदेखि माथिसम्मको निकायले सुनियोजित ढङ्गले वन कटानी र अ’वैध उत्खनन गराइरहेको छ’, उहाँले भन्नुभयो ।

चुरे दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद् निम्त्याएकाे बताउँदै उहाँले चुरे दाेहन र वन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभा’ग्यपूर्ण भएकाे बताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट