सोम, माघ १३, २०७६
Mon, January 27, 2020

दुर्गा प्रसाईको एक ति’रले तिन सि’कार, नारायणकाजी,गिरिराजमणि र श्रीकृष्ण गिरीको इज्जत धुमिल


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड घु’स मागेको विषय पे’चिलो बन्दै गएको छ ।

उनले गत साता पत्रकार सम्मेलन गरी बी एन्स सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन गिरीले आफूसँग २० करोड घु’स मागेको खुलाएका थिए । गिरीले त्यसैदिन पत्रकार सम्मेलन गरी घु’स नमागेको र प्रमाण दिन चुनौती दिएका थिए ।

तर, प्रसाईले घुसका’ण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणलाई छानबिन गर्न निवेदन दिएका छन् । प्रसाईको यो निवेदनसँगै गिरी अनुसन्धानमा तानिने निश्चित छ । साथै, उनको पदसमेत ध’रापमा परेको छ ।

त्यति मात्र होइन, प्रसाईले घुसका’ण्डमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको समेत नाम पो’लेका छन् । गिरीले प्रसाईसँग घु’स माग्दा नेकपा प्रवक्ता श्रेष्ठ र शिक्षामन्त्री पोखरेललाई पनि भाग दिनुपर्ने उल्लेख गरेको उनले सार्वजनिक रूपमै बताएपछि श्रेष्ठ र पोखरेलको इमानमा दा’ग लागेको छ ।

श्रेष्ठ र पोखरेल नेकपामा इमान्दार नेताका रूपमा परिचित छन् । तर, यो घटनाले दुवैको राजनीतिक छवि धु’मेलिने निश्चित छ । पूर्वमाओवादी नेताहरूलाई भ्रष्टाचारमा मुछेर ब’द’नाम गर्ने ढंगले घुसका’ण्ड सार्वजनिक गरिएको नेकपा नेताहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट