सोम, माघ १३, २०७६
Mon, January 27, 2020

एक महिलाले छुट्टीमा बस्न हाकिमलाई यस्तो तस्बिर पठाएपछि…


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

एजेन्सी । मानिसले सानो छँदा स्कुलजान मन नलागेपछि अनेक थरिको बहाना बनाउने गर्छन् । त्यसैगरी, ठूलो भैसकेपछि पनि यो प्रवृति रहने गर्छ । कतिले सन्चो नभएको, बाटो जाम भएर ढिलो भएको भनेर अनेकौं बहाना बनाउने गर्दछन्।

त्यस्तै, एक महिलालाई कार्यालय जान मन नलागेपछि हाकिमलाई आफ्नो गाडीको चक्कामा काँटी छिरेको तस्विर पठाइन्।

तस्बिर पठाएको केहि क्षणमै हाकिमले उक्त तस्बिर झुटो रहेको भनेर सामाजिक संजालमा पोस्ट गरिदिए । वास्तवमा सो तस्विर गूगल वा अन्य सर्च इन्जिनमा ’चक्कामा काँटी छिरेको बेला के गर्ने’ भन्दा आउने तस्विर रहेको थियो।

तस्बिर पोस्ट गरेको केहि क्षणमै सो पोस्ट भाइरल भयो र ४८ हजारले मानिसले यसमा प्रतिक्रिया दिएका थिए। कसैले राम्रो आइडिया, म्यामसँग यस्तो बहाना बनाउने ट्रेनिङ लिनु पर्ने भन्दै उक्त पोस्टमा कमेन्ट गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट