सोम, माघ १३, २०७६
Mon, January 27, 2020

आजपनि घट्यो सुनको मूल्य, कति पुग्यो ?


  • स्वदेश नेपाल
  • शुक्र, पुस २५, २०७६

काठमाडौं– आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो । केही दिन अघि बढ्दै गएको सुनचाँदीको मूल्य बिहीबारबाट घटेको छ ।

बिहीबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ९ सयले घटेर ७४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट