शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

स्थाही राजधानीमा चलखेल नगर भन्दै युवाहरुले निकाले र्याली


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २२, २०७६

तस्बिर: जनकमान डङ्गोल

हेटौडा, दुई बर्ष अगाडी ३ नम्बर प्रदेशको अस्थाही राजधानी हेटौडा तोकिएको थियो । केहि दिन अगाडी ने.क.पा को दुई अध्यक्षद्वय ले हेटौडालाई नै ३ नम्बर प्रदेशको राजधानी बनाउने र नाम बागमती राख्ने निर्णय गरे ।

निर्णयको बिरोध गर्दै पार्टी भित्रकै केहि नेता देखि बिपक्षी पार्टी कांग्रेस समेतले प्रदेस सभाले निर्णय गरेर राजधानीको नाम र स्थान टुंगो लगाउनु पर्नेमा पारि नेताको तजबिजीमा नाम र स्थान तोक्नु गलत हो भन्दै पक्ष र बिपक्षमा आवाज घन्किन थालेको छ ।

तस्बिर: जनकमान डङ्गोल

हेटौडामा स्थाही राजधानी हुन नदिन पुर्व मन्त्रि केसब स्थापित, अस्टलक्ष्मी शाक्य (बोहोरा), सुरेन्द्र पाण्डे लगायतका समुहहरु कम्बर कसेर लागेका छन । पार्टीका नेताहरुले नै स्थाही राजधानी हुन नदिन चलखेल गर्न थाल्यो भन्ने आसंकाको बीच मिति २०७६/०९/२० गते हेटौडाका क्रियासिल युवाहरुको संस्थाहरुले प्रदेस राजधानी हेटौडा उपयुक्त छ भन्दै हेटौडाको बुद्धचोक देखि प्रदेस सभाको भवन अगाडी सम्म र्याली निकालेका छन ।
(हेटौडाबाट जनकमान डङ्गोल)

प्रतिक्रिया