मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

कुनै बेला भारतलाई जोगाउने हैसियत राख्ने नेपाललाई आज भारतले बिलय गराउने हैसियत राख्छ किन ?


  • स्वदेश नेपाल
  • शनि, माघ ११, २०७६

-प्रवीण अधिकारी

जब गान्धीको परिवारले नेपालमा राजनीतिक शरण मागे !

उहिले , हाम्रो नेपालले भारत नजोगाईदिएको भए , भारत आजकै स्वरुपमा रहन सक्थ्यो ,सक्दैनथ्यो कसैले भन्न सक्ने अवस्था छैन  तर  अहिले नेपालका तमाम विकारु नेताहरु नेपालमा घर , भारतमाथि भर परेर बस्ने गरेको हामी प्रत्येकले देखि रहेका छौं । नेपालका वहुसंख्यक नेताहरु विशेषतः अमरिश कुमार ,रेशम चौधरी , दीपक मनाङ्गे , राजेन्द्र महताे, उपेन्द्र यादव, प्रचण्ड ,बाबुराम भट्टराई , वृजेशकुमार गुप्ता , माकुने र शेरबहादुर जस्ताले चलाएको गणतन्त्रले नेपाललाई स्विजरल्याण्ड  त के भुटान पनि बनाउन नसके झैं , वर्तमान नेपाली युवा पुस्ताहरु पनि नेपालको राजतन्त्रकालिन हैशियत साँचो अर्थमा बुझ्ने ईच्छा गर्दैन , किनभने , यो पुस्तालाई त्यो कुराको वास्ता पनि छैन ।

यो गफ होइन , अकाट्य सत्य हो । आजको भारत , यही स्वरुपमा जोगाईदिने नेपाल नै थियो भन्यो भने , विभिन्न दलीय कित्तामा बाँडिएका आजका नेपालीहरुले पत्याउने छैनन , किनभने आजको दिनमा भारत हाम्रा नेताहरुको माईवाप बन्न पुगेको छ ।

आजको भारतले नेपाली नेताहरुलाई किनेर नेपाल र भारतको मित्रताको बखान गर्दै , नेपालको सतित्व हरण गर्ने काम गरेको छ । भारतीय स्वार्थले नेपाल र नेपाली नेताहरुको वखान गरेर नाथाक्लान तर, नेपालमा ३ पटक नाकावन्दी लाउने नेता पनि भारतीय नै थिए । आजको भारतले आफ्नो हैशियत नेपाल भन्दा उच्च राख्न सकेको छ , तसर्थ नेपाल संधै उसको प्रभाव क्षेत्र भित्र रहोस भन्ने उसको भित्रि चाहना रहेको छ । यो उसको ठूल्दाई पारा मात्र हो , नत्र सार्वभौम सत्ता र स्वतन्त्रताकोलागि नेपाल र भारत साना , ठूला देश कदापि हुन सक्तैनन ।

नेपालले भारतलाई नदी नाला दिईरहे , भारत आफ्नो स्वार्थको खातिर संधै मख्ख पर्ने गर्छ र नेपाल भारत मित्रताको डिङ्ग हाक्न पछि पर्दैन , तर , ती नदीनाला दिएवापत नेपाली नेताहरुलाई भारतले दिएको सहयोग भनेको नेपाली नेताका छोराछोरीहरुलाई र तिनले तोकेको व्यक्तिलाई भारतीय कलेजमा छात्रवृत्ति र सभासदहरुलाई बस अनि जनसाधारणलाई साईकल र चुनाऊको मतबाकस देखि सेनाको हेलिकप्टर मात्र हो अरुकुरो त अंग्रेजको पालादेखिको नियमित प्रक्रिया भित्रको सहयोग हो भने अर्कोतिर वहुदलीय व्यवस्था र गणतान्त्रिक सरकारले आजसम्म बुझाएका नदीनाला कुनैपनि कार्यान्वयनमा आएको देखिएको छैन , झन्डै ६० बर्षभन्दा बढि समय त्यसै वितेर गएको अवस्था छ ।

यसवाहेक हाम्रा आजका नेताहरुको अन्तिम रणनीति भनेको सके हात थाप्ने , सकिएनभने मागेरै भएपनि लिने रहेको देखिन्छ । नेपाल यस्तो नाजुक अवस्थामा पुग्नुको पछाडि गणतान्त्रिक महाराजाहरुको ठूलो योगदान रहेको छ । यो कुरा हामी प्रत्येक नेपालीलाई थाहा छ ,हाम्रै आँखासामु छ ,तर हामीले बुझ पचाई रहेको अवस्था छ ।

हिंजोको नेपालद्वारा आजको भारत जोगाउन दिएको योगदान

उहिले , आजको भारत सयौं टुक्रामा विभाजित थियो , त्यतिका टुक्रामा बिभाजित हुनपुगेको भारतलाई आजको बिशाल भारत बनाईदिने श्रेय हाम्रै नेपाली सेनाको रहेको थियो  । भारतमा बिद्रोहको ज्वाला दन्केर अंग्रेजले कब्जा गरेको भारतलाई एक धिक्का राखेर जोगाईदिने काम गर्ने नेपाली सेनाले , व्रिटिश भारतको विशाल प्रशासनिक ईकाई टुक्रा टुक्रा हुनबाट जोगाउन साथ् दिने , अंग्रेजले अधिनस्थ भारतको जनबिद्रोह दबाई दिने नेपालनै थियो टुक्रिएको भारत जोगाउन सक्ने अवस्था थिएन ।

तसर्थ , आजको भारतको नक्सा नेपाली सेनाको आडबलमा कायम रहन सकेको भारतीय भूभाग हो । चेचेन्या टुक्रिन खोज्दा रुसले ,सन १९६५ पछि तिब्बतलाई जोगाउन चीनले ,सानो टुक्रा काश्मीरलाई जोगाउन भारतले कति खर्च गरिरहेको छ त्यो कुरा ति देशहरुले नै जान्लान , तर , जंगबहादुर सहित नेपाली सेनाले हतियार न उठाई दिएको भए , आजको भारतको मानचित्रको ३१ ओटा प्रान्त , ३१ ओटा स्वतन्त्र मुलुक अवश्य बन्ने थियो । त्यो योगदानको कदर गर्दै अंग्रेजले ४५ बर्षपछि पश्चिम नेपालको ४ जिल्ला फिर्ता ल्याएका थिए ।

सन् १९४७ पछिको भारत जोगाउन नेपाली युवा र सैनिकको सहयोग

हिंजो भारत स्वतन्त्र हुन चाहँदा नेपाली सेना र यूवाले आफ्नो रगत पसिना बगाएका थिए । नेपालका हिंजोका युवाहरुले भारत जोगाउन आफ्नो युवा शक्ति ,श्रोत र साधन सबै चीज खर्चिन पुगेका थिए । तत्कालिन नेपालीहरुले भारतको दुई ठूला ठूला मुद्दाहरुमा आफ्नो योगदान दिएका थिए – त्यसमध्ये आधुनिक भारतको राजनैतिक सिमाना बनाउन र भारतलाई अंग्रेजबाट मूक्ति दिलाउन ।

जसरी पृथ्वी नारायण शाह नेपालको एकिकरणकर्ता हुन पुगे त्यसरी नै उपनिवेश खडा गर्दै हिडेका अंग्रेजको प्रशासनिक राजको रक्षा गरिदिएका जंगबहादुर तथा उनको सेना भारतको राष्ट्र निर्माता पनि हुन पुगे । पृथ्वीनारायण शाहले राष्ट्र निर्माण/राष्ट्र विस्तार/राष्ट्र एकिकरण नगरिदिएको भए सन् १९४७ पछि बल्लभभाई पटेलले नेपाललाई भारतमा मिसाउने थियो । आफ्नो राजनैतिक सिमाना नाघेर भारतमा क्रूर सैनिक दमन गर्न सफल भएका जंगबहादुरले अहिलेको भारत ठड्याउन अहम भूमिका निभाएका थिए ।

सन् १९४७ मा भारतले पाएको स्वतन्त्रतामा नेपालीहरुको अमूल्य योगदान रहेको थियो । तत्कालिन भारतीय नेताहरू डा. राजेन्द्र प्रसाद, पं. जवाहरलाल नेहरु, जय प्रकाशनारायण, डा. राममोहन लोहियासंगै विपी कोइरालाहरु हजारीवाग जेल र मातृकाप्रसाद कोइराला ,मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र जस्ता कैयौं नेपालीहरु अन्य जेलमा थुनिएका थिए ।

हजारीबाग जेल तोडेर जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह भाग्दा नेपाल सुरक्षित स्थलदेखि भूमिगत रुपमा नेपालको सप्तरी जिल्लामा आएर लुकेका थिए । उनीहरुले स्वतन्त्रता संग्रामको योजना नेपालकै भूमिमा बसेर बनाएका थिए । सप्तरीको सीमावर्ती नियोर गाउँका अवध सिंहलाई साथ लिई उनीहरु सप्तरीको कोइलाडी वरसाइन स्थित रामेश्वर सिंहको घरमा महिनौ सम्म बसेका थिए । जयप्रकाशनारायण, डा. राममनोहर लोहिया, विया पटवद्र्धन, डा. वैद्यनाथ झा आदिको आश्रयस्थल कोइलाडी, विसहरिया, सकरपुरा, सखडा, वरसाइन बन्दरझुला आदि गाउँरहेको थियो ।

अङ्ग्रेजले भारत छडिसकेपछि भारत र पाकिस्तानको जन्म भएको थियो । मुसलामानहरु पाकिस्तान र हिन्दूहरु भारतमा रहने सम्झौता अनुसार धेरै ठाउँमा कुरो मिलेन । त्यसमध्ये एक ठाउँ हैदरावाद रहेको थियो । त्यहाँको हिन्दू र मुसलमान बीचमा भयङ्कर दङ्गा बढेर तत्कालिन भारतीय सेनाको नियन्त्रणभन्दा बाहिर पुगेपछि प्रधानमन्त्री जवाहरलाल नेहरूको अनुरोधमा श्री ३ मोहन समशेर राणाले २० पल्टन (रेजिमेन्ट), करिब १८ हजारभन्दा बढी नेपाली फौज शान्ति स्थापनाको लागि हैदरावाद पठाएका थिए । वि.सं. २००५ (४ अगस्त १९४८) मा हिँडेका नेपाली फौजले लाखौँ हिन्दू मुसलमानको ज्यान बचाएका थिए । जसकालागि नेहरु नियन्त्रित भारत सरकारले ठूलो आभार व्यक्त गरेको थियो । भनिन्छ , नेपालले पठाएको त्यही सैनिक टोलीको कारणले गर्दा नेपाल – भारत स्वतन्त्र सारभौमसत्ता सम्पन्न देश हो भनेर नेहरूलाई पाठ पढाउने महत्वपूर्ण कडी हुन पुगेको थियो ।

राजा वीरेन्द्रद्वारा ईन्दिरा गान्धीको चासो

यस बाहेक , सन् १९७७ इन्दिरा गान्धीले चुनाव हारेपछि तत्कालिन नेपालका राजा वीरेन्द्रसंग राजीव गान्धी र उनको परिवारले नेपालमा राजनीतिक शरण मागेको कुरो आरके यादवले लेखेको ‘मिशन रअ’ पुस्तकमा उल्लेखित छ । राजा वीरेन्द्रले आफूलाई गान्धी परिवारको सुरक्षाको विषयमा चासो राखेको कुरा ईन्दिरा गान्धीले नै भारतीय गुप्तर एजेन्सी रअका फाउन्डर एनआर काओलाई भनेको कुरा यादवले उल्लेख गरेका छन्  ।तर, काओले नै मोराजीसँग कुराकानी गरेर सुरक्षाको ब्यवस्था मिलाएपछि नेपालमा शरण लिनु नपरेको उल्लेख गरेको कुरो अहिले पुरानो भई सकेको छैन ।

-अधिकारीको फेसबुकबाट

प्रतिक्रिया
ताजा अपडेट