विश्वभरि संस्कृत भाषाको महत्व र चासोको बिषय बनिरहेको बेला नेपालमा यसको महत्वमा कमिहुदै गैरहेको छ

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार

संस्कृत भाषाको शाब्दिक अर्थ हो परिपूर्ण भाषा। सबै भाषाहरुको जननी संस्कृत भाषालाई मानिन्छ। वैदिक कालमा सम्भ्रान्त मानिसहरु संस्कृत बोल्ने गर्दथे।

संस्कृतलाई देवीदेवताको भाषा पनि भनिन्छ। संस्कृत देवनागरी लिपिमा लेखिन्छ। संस्कृत भाषाको व्याकरणमा विश्वभरका भाषा बिषेशज्ञहरुको ध्यान आकर्षित गरेको छ। संस्कृतको व्याकरण देखेरै अन्य भाषाहरुको व्याकरण विकसित भएको हो।

आधुनिक बैज्ञानिकहरुका अनुसार संस्कृत भाषा कम्युटरको उपयोगको लागी सर्वात्तम भाषा हो। इसापूर्व पाँचसय बर्ष अगाडी पाणिनीले विश्वको पहिलो व्याकरण ग्रन्थ लेखेका थिए,जुन संस्कृत भाषामा लेखिएको थियो,जसको नाम अष्टाध्यायी हो।

संस्कृत रचना गरिएको भाषा नभएर यसको खोज गरिएको हो।संस्कृत विद्वानहरूका अनुसार सौर परिवारकाे प्रमुख सूर्यकाको एकातिरबाट ९ रश्मीहरू निस्कन्छन् र यिनीहरू चारैतिरबाट अलग-अलग निस्कन्छन्। यसरी कुल मिलाएर ३६ रश्मीहरू हुन गए। यी ३६ रश्मीहरूका ध्वनिहरूका आधारमा संस्कृतका २६ स्वर बने। यसे गरी सूर्यका जब ९ रश्मीहरू पृथ्वीमा आउँछन् त्यतिबबेला तिनीहरू पृथ्वीका ८ वसुहरूसँग ठक्कर खान्छन्। सूर्यका ९ रश्मीहरू र पृथ्वीका ८ वसुहरू आपसमा ठक्कर खाँदा जुन ७२ प्रकारका ध्वनिहरू उत्पन्न भए, तिनीहरू संस्कृतका ७२ँ व्यंजन बन्न पुगे। यस प्रकार ब्रह्माण्डमा निस्कने कुल १०८ ध्वनिहरूमा नै संस्कृतकाे वर्ण माला आधारित छ।ब्रह्माण्डकाे ध्वनिहरूको रहस्यका बारेमा वेदबाट नै जानकारी पाइन्छ। यी ध्वनिहरूलार्इ अन्तरिक्ष वैज्ञानिकहरूको संगठन नासा र इसरो ले पनि मानेको छ।

संस्कृत मात्र यस्तो भाषा हो जसको रचना भएको होइन । वास्तवमा भन्ने हो भने यस भाषाको खोज गरिएको हो ।आर्यावर्तमा पहिलोपटक पटक ती मानिसहरूले मानव समुदायलार्इ एउटा कुनै लिपियुक्त र प्रखर भाषा चाहियो जसका माध्यमबाट उनीहरू परस्पर संप्रेषण र विचार विमर्श मात्र हाेइन यसकाे कुनै वैज्ञानिक र मनोबैज्ञानिक आधारभूमि पनि होस् भन्ने सोच-विचार गरे। यी मानिसहरू हिमालयका आसपास वा अर्को शब्दमा भन्नुपर्दा हिमवत खण्ड नेपालको सेरोफेरोमा बस्दथे।उनीहरूले बोल्न र व्यवहार गर्न थालेको भाषा वास्तवमा प्रकृतिसम्मत थियो ।यसरी संसारमा पहिलो चोटी यदि कुनै भाषा यति परिष्कृत हिसाबले व्यवहारमा प्रयाेग भएकाे भाषा कुनै भाषा थियाे भने अवश्यमेव त्यो संस्कत नै थियो भन्दा अत्युक्ति हुँदैन। किनभने यसको आविष्कार गर्नेहरू अरू कोहि नभएर स्वयं देवलोकका देवता थिए । त्यसैले त यसलार्इ देववाणी भनिन थालियो । संस्कृतलार्इ देवनागरी लिपिमा लेखिन्छ। देवताहरू हिमालयको उत्तरमा बस्दथे

विश्वका ठूला- ठूला विश्वविधालयले संस्कृत भाषाको महत्व बुझेर यसलाई आफ्नो पाठ्यक्रममा समेत सामेल गरेका छन्।हाल जर्मनीको १४ वटा विश्वविधालयमा संस्कृत भाषाको पढाई हुन्छ।

जर्मनीमा संस्कृत प्रति मानिसहरुको चासो र यो बिषय पढ्ने बिधार्थीहरुको संख्या बढ्दै गइरहेको छ। यतिमात्रै होइन युरोपका अन्य देशहरुबाट समेत संस्कृत भाषा पढ्न जर्मनी जाने गरेका छन्।

नेपालमा भने संस्कृत भाषाको स्थान घट्दै गइरहेको र जयसलाई मानिसहरुले बिर्सन थालिसकेका छन्। र अंग्रेजी बोल्दा गर्व गर्ने र संस्कृत भाषा बोल्दा मानिसहरुले चासो नदिने गर्छन्।नेपाली भाषा र संस्कृतिको परिचय, पहिचान,आचार र मर्यादाहरुको वास्तविक ज्ञान संस्कृतको अध्ययन अथवा अनुशीलन बिना सम्भव नै छैन ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu