काम नगरिकनै नाराहरु लगाएर नै बिते ३० बर्ष,अनि कहाँबाट बन्छ देश !

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार

फलानो “बाद” -जिन्दावाद जिन्दावाद । ढिस्को “बाद” -मुर्दाबाद मुर्दाबाद । चिल्ना “बाद ” -अमर रहोस । हाम्रो दल -जिन्दावाद जिन्दावाद अ। र्को दल -मुर्दाबाद ,मुर्दाबाद

फाइल फोटो

यसरी नै बिते दुई दशक एउटा पुस्ताको नारा लगाएर अनि अहिले श्राप दैछौ देश बिकाश भएन भनेर । खेतीपातीमा श्रम गर्नु छोडेर देश बनाउनु नारा लगाउनु गइयो ।

विद्यालय कलेजमा अध्यन गर्नु छोडेर बर्जुवा शिक्षा भन्दै आफुले पढेकै स्कुल सम्म जलाउने काम भयो तर नारा लगाउनु हामीले कहिले पनि छोडेनौ । शिक्षक समुह पढाउनु छोडेर विद्यार्थी लाइ पार्टीको प्रशिक्षण दिनुलाइ नारा लगाउनु सिके । मजदुरहरु काम गर्नु छोडेर नारा लगाउदै हड्ताल्मै ब्यस्त भए ।

किसानहरु खेतीपाती गर्नु छोडेर दलहरुकै आन्दोलनमा होमिए । एकहातले टाँक/इजार खुस्किएको सुरुवाल/पैन्ट समातेर भए पनि नारा नै लगाउनु अघि सरियौ हामी युबा पुस्ता ।

नारा लगाएर देश ,समाज ,घर बनिदैन थियो तर हामीले सोहि गरीयो । हाम्रो घोक्रो सुकाउदै लगाएको नाराले नेताहरु बनिए |त्यो बेला श्रम नगरिएको कारणले देश बनेन्न त्यसकारण हामीले दुख मनाउ गर्नु बेकार छ ।

श्रम गरेर देश बनिने हो नारा लगाएर होइन् भने कुरा बुझ्नुलाई अब ढिलो गर्नु हुदैन ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu