ब’ला’त्का’र आरोपमा पक्राउ परेका मेडिसिटीका डाक्टर मुद्दा नचली छुटे

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार

काठमाडौं, ब’ला’त्का’र प्रयासको आरोप लागेका नख्खुस्थित मेडिसिटी अस्पतालका डा. रोहित कुमार झा छुटेका छन् । ब’ला’त्का’र प्रयास गरेको पर्याप्त प्रमाण नभएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गर्दा ज’ब’र’ज’स्ती क’र’णी उ’द्योग नभई यौ’न दु’व्र्य’व’हा’र के’स देखिएको हुनाले थु’ना मुक्त गर्ने आदेश दिएको जनाएको छ ।

‘हामीले प्रहरीको मिशिल अध्ययन गर्दा ज’ब’र’जस्ती’ क’र’णी सम्बन्धि उ’द्योग नभई यौ’न दु’व्र्य’वहा’र भएको ठहर्यायौं ,’ जिल्ला न्यायधिवक्ता मोना सिंहले भनिन्, ‘त्यसैले सो अनुसार आदेश दिएका हौँ । अब जाहेरीकर्ताले अदालतमा मु’द्धा दर्ता गर्नुपर्ने हुन्छ ।’

बिहीबार सरकारी वकिलको कार्यालयले थुनामा राख्नु नपर्ने निर्णय गरेपछि हाजिरी जमानीमा झालाई थु’ना मुक्त गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । ‘झालाई जिल्ला सरकारी वकिलको कार्यालयले ज’ब’ज’स्ती क’र’णी उद्योग अन्तरगत मुद्धा चलाउन प्रमाण नपुगेको राय दिएर थु’ना मु’क्त गर्न आदेश दिएको छ,’ परिसरका सहप्रवक्ता डिएसपि सन्तोष तामाङ्गले भने, ‘त्यसैले झालाई परिवारको जिम्ममा बिहीबारबाटै थु’ना मु’क्त गरिएको हो ।’ झा परिवारको जिम्मामा हाजिर जमानिमा थु’ना मु’क्ता भएका हुन् ।

प्रहरीले गत ९ मंसिरमा मेडिसिटी अस्पतालका जनरल फिजिसियन झालाई पक्राउ गरेको थियो । महाराजगञ्जकी ३० वर्षीय एक महिलाको जाहेरीमा प्रहरीले झालाई पक्राउ गरेको थियो ।

अस्पतालमा मेडिकल रिर्पोट देखाउने क्रममा झाले आफ्नो क्याबीनमा ज’ब’र’ज’स्ती क’र’णी’को प्रयास गरेको प्रहरीमा जा’हेरी परेपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो। प्रमाणबिना नै झालाई पक्राउ गरिएको भन्दै चिकित्सक संघले वि’रोध गरेको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu