सागमा नप’ड्किएको पटाकाले खोस्यो राउत परिवारको खुसी

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार

जनकपुरधाम : जनकपुरमा मंगलबार मात्र सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) उद्घाटनका बेला नप’ड्किएको प’टाकाले एक परिवारको खुसी लु’टेको छ।

उद्घाटनका बेला जनकपुरधाम उपमहानगरपालिका -१३ स्थित कबर्ड हलनजिकै नप’ड्किएको पटाका एकजना बालकले घरमा लगेर खेलाउँदा वि’स्फोट हुँदा ज्या’न गएको छ। ग’म्भीर घाइते बालकको उपचारको क्रममा मृ’त्यु भएको हो।

कुस्ती खेल भएको जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कबर्ड हलनजिकै घर भएका सोभित राउत र निर्मला राउतका एकमात्र सन्तान ११ वर्षीय आलोक राउतको पटकाले ज्या’न गएको हो।

घाइते आलोकको उपचारको क्रममा धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा मंगलबार मृ’त्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले जानकारी दिए।

मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा खेलाडीले खुसीयालीमा पटाका प’ड्काएका थिए। सोही क्रममा केही न’पड्केको पटाका फालिएको भेटाएर आलोकले घरमा लगेका थिए।

छोरालाई पटका लिएर खेल्दै गरेको देख्दा बुवा बिकाउले गा’ली पनि गरेको उनका मामा गोपी साह बताउँछन्। ‘उसको हातबाट पटका लिएर फालीदिएका थियौं तर, पनि खोजेर ल्यायो र हातमै खेलाउँदै गर्दा त्यो प’ड्क्यो।’

मंसिर २१ गते वि’ष्फोटले आलोकको पेट र हातमा ग’म्भीर चोट लागेको थियो। उनलाई तत्कालै उपचारको लागि धरान पठाइयो। तर, उनलाई बचाउन सकिएन्।

मृ’तक आलोकको परिवारमा अहिले शो’कमा डुबेको छ। परिवारका एकमात्र सन्तान खोसिएपछि हजुरबुवा रामधनी राउत कुनै प्रतिक्रिय दिने अवस्थामा छैनन्।

मृ’तकका मामा गोपी साह भन्छन्, ‘जुन प’टका माथि प्रशासनले ब्यान्ड लगाएको छ दिपावलीको बेला खोजी खोजी नियन्त्रणमा लिईन्छ त्यो प’टका प्रशासनकै रोहबरमा कसरी खेलको बेला प’ड्का’इयो ?,’ आ’क्रोशित हुदैं उनले भने, ‘मेरो अबोध भान्जाको मृ’त्युको दो’षी खेलकुद परिषद् र प्रशासन दुवै हुन्।’

यता, धनुषा खेलकुद विकास समितीका कार्यालय प्रमुख विनोद सिंह भन्छन्, ‘ग’ल्ती त भएकै छ। त्यो हामीले स्वी’कार गर्नैपर्छ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu