बागलुङ दुर्घटनाका ग’म्भीर घाइतेलाई हेलिकोप्टबाट काठमाडौं ल्याइयो

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

काठमाडौं : बागलुङ दुर्घटनामा परी ग’म्भीर घाइते भएका तीनजनालाई काठमाडौंको शिक्षणा अस्पतालमा ल्याइएको छ। दुर्घटनामा परी १४ जनाको मृ’त्यु भएको थियो। तीनजना ग’म्भीर घाइते भएकोमा पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले घाइतेलाई काठमाडौं ल्याएको हो।

गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबरलगत्तै घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका लागि विष्ट नेपाली सेनाको हेलिकोप्टर लिएर वुर्तिबाङ पुगेका थिए।

ग”म्भीर घाइते अवस्थामा रहेका तीनजनालाई थप उपचारका लागी काठमाडौको शिक्षण अस्पतालमा ल्याइएको हो। मंगलबार बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो। गुल्मी ईस्माबबाट बुर्तिवाङतर्फ जाँदै गरेको ग. १ ज ५२१९ नम्बरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu