मन्त्री र प्रधानमन्त्रीको घर जाने विमानस्थल निश्चय प्राथमिकतामा पर्छन् : पर्यटनमन्त्री भट्टराई

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

काठमाडौं । पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले व्यवासायीहरुलाई सरकारको मुख ताक्न छोड्नु पर्ने बताएका छन । मंगलबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले भने, पूर्वका व्यावसायीको व्यवसायिकता क्षमता कमजोर छ ।

सबै कुरामा सरकारको मुख ताक्ने स्वभाव अन्त्य गर्नुपर्‍यो । सरकारले जतिसुकै सुविधा सम्पन्न विमानस्थल बनाइदिए पनि व्यावसायी नै लागि नपर्ने हो भने सरकारले एकतर्फी गरेर मात्र पर्यटन क्षेत्रको विकास नहुने बताएका छन ।

पर्यटनमन्त्री भट्टराइले प्रधानमन्त्रीको घर र पर्यटन मन्त्रीको घर जाने दैलोको विमानस्थल प्राथमिकतामा पर्ने बताए । मनोवैज्ञानिक रुपमा भएपनि यी विमानस्थल प्राथमिकतामा पर्छन उनले भने । सरकारले आवश्यकतालाई मध्य नजर राखेर विकास र विस्तार गर्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu