कुलपुजा गर्न बागलुङ हिँडेकाे जीप दु`र्घ`टना, १४ जनाकाे घ`ट`नास्थलमै मृ`त्यु
बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दु`र्घ`टना हुँदा १४ जना घट`नास्थलमै मृ`त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र प्रसाद भट्टराइ अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दु`र्घ`टना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।
दु`र्घ`टनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घ`ट`नास्थलमै मृ`त्यु भएको हो । एक जना वेपत्ता रहेका छन् ।
अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ । उद्धार कार्य जारी रहेको छ । जीपमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।
घाईतेलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी गरिएको बडिगाड गाउपालिका अध्यक्ष मेयरसिङ पाइजाले बताए । आज बिहान १० बजेको समयमा दु`र्घ`टना भएको हो ।