आइसीयुबाट प्रधानमन्त्रीको भिडियो सन्देश – मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने भएको छु

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको आइसीयुबाट एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन् ।मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा रहेका प्रधानमन्त्री ओलीले २ मिनेटको भिडियो सन्देश जारी गर्दै आफू स्वस्थ र ठीकठाक रहेको बताएका हुन् ।

‘रोग सबैलाई लाग्छ, मलाई पनि अप्रत्यासित रूपमा आइलाग्यो,’ उनले भने, ‘इन्फेक्सन बाहिर पनि फैलियो, इन्फेक्सन नभएको भए छिटो निको हुन्थें ।’
इन्फेक्सन पनि त्यसलाई पनि हटाउनुपर्ने भएकाले केही समय लागेको प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा बताएका छन् ।’मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ,’ सन्देशमा प्रधानमन्त्री ओलीले भने, ‘एउटा मेजर अपरेसन पछि तपाईहरू देखिरहनु भएको छ, म उठेर फेरी बोल्न सक्ने साथीहरूसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरू हेर्न सक्ने अवस्थामा छु ।

प्रधानमन्त्री ओलीले सोमवार भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन हेरेको बताएका छन् ।’हिजो सागको उद्घाटन पनि पुरै हेरें,’ उनले भने, राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।

क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरू सबैलाई आग्रह गर्छु ।’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu