प्रचण्डले एकाएक किन गरे चीन भ्रमण स्थगित ?

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी साता गर्ने भनेको चीन भ्रमण तत्काललाई स्थगित गरेका छन् ।यसअघि नेकपाका झण्डै ५ दर्जन नेतासहित प्रचण्ड चीन भ्रमणमा जाने कुरा सार्वजनिक भएको थियो ।

तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्न पुगेका हुन् । ‘प्रधानमन्त्री तथा अर्का अध्यक्ष अस्वस्थ भएर अस्पतालमै भएका बेला छोडेर हिड्नु राम्रो हुदैन भन्ने प्रचण्डको बुझाइ छ ।

त्यसैले समय परिवर्तन हुनसक्छ । पहिला सार्वजनिक भएको तालिकामा त लगभग नजाने जस्तै छ’ प्रचण्ड निकट स्रोतको भनाइ छ । विगत साता दिनदेखि प्रधानमन्त्री ओली एपेण्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमा उपचाररत छन् ।

ओलीलाई अझै एक साता अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकहरुले दिँदै आएका छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार त्रिविस्थित मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर आफ्नो चीन भ्रमण र पार्टी एकताका बारेमा छलफल समेत गरेका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu