काँग्रेस उत्साहित, नेकपा छट्पटिदै (धरान मतपरिणाम)

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार

काँग्रेसको यो मत अग्रसरतामा संघीय समाजवादी पार्टीको पनि सहयोग रहेको चर्चा छ ।

नवीन गुरूङ । धरान

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), धरानलाई उपनिर्वाचनमा ठूलो चोट पुग्ने देखिएको छ । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले), एक्लैले विजय हासिल गरेको लालकिल्लामा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग पार्टी एकिकरण गरिसकेपछिको अवस्थामा मतजोडिएर अझ बढी मत प्राप्त हुने अंकगणीतय आकंलनले विजय सुनिश्चित मानेर ढुक्क जस्तै देखिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला तिलमिलिएका छन् । लालकिल्ला तोड्न मुख्य प्रतिष्पर्धी काँग्रेस अग्रसर देखिएपछि नेकपा निरास हुदै छट्पटिन थालेका छन् भने काँग्रेस उत्साहित देखिएका छन् । विजय घोषणा नभई सामाजिक संजालमा काँग्रेस उम्मेदवार तिलक राईलाई बधाईको ओईरो देखिन थालेका छन् भने उपनिर्वाचनअघि फुर्तिला नेकपा पक्षधार मतपरिणामसँगै कोही चुप, कोही निराश भई सामाजिक संजालमा स्टाटस् पोख्न थालिसकेका छन् ।

काँग्रेसी सशक्त युवा नेतृ तथा महासमिति सदस्य धरान, पानमाराकी लक्ष्मी खतिवडा मतपरिणामसँगै उत्साहित छिन् तर, उनीभन्दा अघि बढ्दै अर्का काँग्रेसी युवा नेता तथा क्षेत्र नं. १ सुनसरीका सहसचिव प्रेम मुकारूङ राईले मतगणनास्थलबाटै फेशबुकमा आफ्ना पार्टीका उम्मेदवार तिलक राई विजय भएको घोषणा गर्दै स्टाटस नै लेखिसके ।

नेपाल तरुण दलका सुनसरी सभापति तथा काँग्रेस महासमिति सदस्य सिजन गुरूङलाई धरान मतपरिणाम बारे प्रतिक्रिया लिन मोबाईल कलमा सम्पर्क गर्दा उनले जित सुनिश्चित भएको तर, आधिकारीक घोषणा हुन मात्र बाँकी रहेको बताए ।

“धरानका जनताले परिवर्तन चाहेका थिए । परिवर्तन पक्षधार हाम्रा काँग्रेस पार्टीका उम्मेदवार आदरणीय नेता तिलक राईले परिवर्तनकारी पक्षधारको नेतृत्व गर्नुहुदै विजयी सुनिश्चित गर्नुभएको छ । यो जित समग्र परिवर्तन चाहानेहरुको हो ।” राईलाई जिताउनका लागि आफ्नो तरुण शक्तिसहित दिनरात खटेका सिजनले थपे, यसर्थ, म परिवर्तका पक्षधार ती तमाम धरानवासीलाई धन्यवाद दिन चाहान्छु । र, बधाई पनि । अब धरान भ्रष्टचार मुक्त, सम्बृद्ध र थप सुन्दर बनिने छ ।”

काँग्रेसको यो मत अग्रसरतामा संघीय समाजवादी पार्टीको पनि सहयोग रहेको चर्चा छ । समाजावदी पार्टीका एक जिल्ला युवा नेताले पनि यो दाबी गरेका छन् । तर, समाजवादीको दाबीलाई सिजनले सहज स्वीकार गरेनन् ।

काँग्रेसले आधिकारीक रुपमा कसैसँग गठबन्धन गरेको छैन । समाजवादीको दाबीलाई सिजनले स्वीकार नगरे पनि तर, घुमाउरो पारामा संघीय समाजवादी पार्टी मात्र नभई नेकपाकै परिवर्तन चाहानेहरुले पनि काँग्रेसलाई मतदान गरेको भन्दै समग्र परिवर्तका पक्षधारले काँग्रेसलाई मत दिएको चतुरो जवाफ दिए ।

“धरानलाई विकास गर्नु पर्छ भनेर परिवर्तनका लागि गम्भिर भएका सबै परिवर्तन पक्षधारले परिवर्तनका पक्षधार काँग्रेसी प्रतिनिधि तिलक राईलाई अभिमत दिनुभएका हुन् ।” सिजनको कथन थियो ।

मोबाईल कल सम्पर्कमा आएका नेकपा, धरानका एक युवा नेताले भने काँग्रेसी अग्रता भए पनि नेकपाका राम्रा पकड भएका वडाहरुको नतिजा आउन अझै बाँकी भएकोले छट्पटिनु पर्ने अवस्था नरहेको दाबी गरे ।

निर्वाचनको मतगणना भने जारी छ । प्राप्त पछिल्लो विवरणअनुसार, २५ हजार ९ सय ९८ मत हासिल गरेका कांग्रेस उम्मेदवार तिलक राईलाई नेकपाका उम्मेदवार प्रकाश राई २३ हजार ३ सय ९३ मतका साथ पछ्याइरहेका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu