यस्तो बन्यो नेत्र भण्डारी र मिरा गिरीको ‘अमिलोअम्चुर’ (भिडियोसहित)

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार

काठमाडौं । लोक तथा दोहोरी गायक नेत्र भण्डारी र गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ बजारमा आएको छ । ‘अमिलोअम्चुर’ बोलको गीत हिजो राजधानीको दरबारमार्ग स्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बिजिले शुक्रबार उक्त गीतको भिडियो बिमोचन गरे।

अध्यक्ष बिजीकै शब्द रचना रहेको गीतमा गायिका गिरी र गायक नेत्र भण्डारीको युगल आवाजमा रहेको छ। धुर्वराज धिताल, प्रेमा राना मगर र रुपी सिंजाली मगरले ग्रुप आवाजमा उनीहरुलाई साथ दिएका छन्।

धुर्वराज धितालकै संगीत रहेको गीत कृष्ण बिकले संगीत संयोजन गरेका हुन्। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सुनिल क्षत्रीको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ।

त्यस्तै म्युजिक भिडियोमा निर्देशक सुनिल छेत्री र नायिका ऋचा थापाको अभिनय छ। अमृत चापागाईंले सम्पादन गरेको भिडियो गायिका मिरा गिरीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका अध्यक्ष बिजी, विशिष्ठ अतिथि चन्द्र शर्मा, संगीतकर्मी पृथ्वी थकाली, संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, प्रतिष्ठानकी केन्द्रीय सदस्य अमृता लामिछाने मगर, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साललगायतको विभिन्न कलाकर्मीका साथै पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कलाकार दिनेश काफ्ले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ रहेका थिए ।

गीत बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि बिजिले गीतले मौलिक परिवेश अंगालेको बताए। उनले भने, ‘म भर्खरै अध्यक्षमा निर्वाचित भएको छु, अझै आधिकारिक जिम्मेवारी सम्हालेको छैन, यहि १६ गतेबाट बल्ल सबै नव निर्वाचित केन्द्रीय समितिलाई कामको जिम्मेवारी सुम्पिने छ।’

उनले आफुलाई अध्यक्ष पदमा निर्वाचन गराउन महत्वपुर्ण भूमिका खेल्ने विभिन्न मिडियाका पत्रकारहरु र शुभचिन्तकहरुलाई धन्यवाद दिए। उनलाई गायिका मिरा गिरीले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन्।

त्यस्तै विशिष्ठ अतिथि चन्द्र शर्माले पनि उक्त गीतले मौलिकताको मर्म बुझेको बताए। गायिका गिरीले पनि गीतले मौलिकता नछाडेकाले दर्शक स्रोताको माया पाउने अपेक्षा गरेको विचार ब्यक्त गरिन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu