मेगा बैंकलाई सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’को उपाधि

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’को उपाधि प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०१९ को ‘बैंक अफ दि इयर, नेपाल’बाट मेगा बैंकलाई सम्मान गरेको हो।

लण्डनमा बिहीबार आयोजित समारोहमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरेका हुन्। ‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ।

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्त्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको बताए।

यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आइएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो। बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २ हजार ५०० भन्दा बढी मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन्।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu