उदयपुरमा आगलागी, एक बालकको मृत्यु

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार

उदयपुर । आगलागी हुँदा उदयपुरमा एक बालकको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउने आहाले रातापानीमा बिहिबार आगलागी हुँदा ४ वर्षीय बालक शिसिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बिहिबार दिउँसो करिब ३ बजेको समयमा भएको आगलागीमा चन्द्र बहादुर राई र बमबहादुर राईको घर पुर्णरुपमा जलेर नष्ट भएको छ। प्रहरीका अनुसार घरमा कोहीपनि नभएको बेलामा आगलागी भएकोले घरमा भएको सम्पुर्ण लत्ता कपडाको साथै अन्न जलेर खरानी भएको हो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu