आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

बर्दिया र बाँकेको एक सय तिन सीमा-स्तम्भ गाय#व


  • स्वदेश नेपाल
  • बुध, मंसिर ४, २०७६

मंसिर,४ काठमाडौं । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । सबै सीमा-स्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमा-स्तम्भ नै गाय#व छन् ।

यी सीमा-स्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमा-स्तम्भ गाय-व पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच सीमा-स्तम्भ छन् ।
बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ । करिब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ । बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ ।
नेपाल-भारत छुट्याउने बाँकेखण्डमा जम्मा ३०७ सीमा-स्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २७५ सीमा-स्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमा-स्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगा-एको छ । एउटा सीमा-स्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ ।

दुई सय ४६ सहायक सीमा-स्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच खोलाले बगा-एको छ । यस्तै बर्दियाखण्डमा ७२ सीमा-स्तम्भ मर्मत गर्नुपर्ने भएको छ । तीमध्ये ३१ मुख्य, ४० सहायक र सानो एउटा सीमा-स्तम्भ छन् । पुनःनिर्माण गर्नुपर्ने मुख्य सीमा-स्तम्भ चार वटा छन् भने सहायक १२ र साना ३१ सीमा-स्तम्भ रहेका छन् । यस्तै सात सहायक सीमा-स्तम्भ खोलाले बगाएको छ भने २५ साना सीमा-स्तम्भलाई पनि खोलाले ब-गाएको छ ।
नापी विभागको रेकर्डअनुसार ४२ नम्बरको सीमा-स्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमास्तम्भ कर्णाली नदीसम्म बर्दियाखण्ड हो भने मानखोलादेखि गुर्जेनगौरीसम्म बाँकेखण्ड पर्दछ ।

फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ । फिल्ड सर्वेमा नेपाल- भारत दुवै देशका अधिकारी संलग्न रहन्छन् । फिल्ड सर्वे टोलीले पनि समयमा काम पूरा गर्न सकेको छैन । सर्वे टोलीले पूर्वदेखि काम थालेको बताइन्छ । नेपालतर्फ सीमानाकामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ ।
सशस्त्र प्रहरी चौकी १३ देखि करिब २० किलोमिटरको फरकमा स्थापना गरिएको छ । यो दूरी बाँके र बर्दियाकै हो । भारतले भने सशस्त्र सीमा बल -एसएसबी)लाई करिब पाँच किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यसकारण भारतले नेपालतर्फको सीमानाकामा आफ्नो दबाब बढाउँदै लगेको स्थानीयवासीको भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थिति भने बाक्लो छ ।

प्रत्येक एक/दुई किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ । भारत सिमानाको बाँकेखण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ । सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छ । भातरतर्फ भने एसएसबीको बलियो उपस्थिति रहने गरेको छ । सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरीले नेपालगञ्ज भन्सार, कालाबन्जर, गंगापुर, नरैनापुर, सुइयालगायतका ठाउँमा सीमा सुरक्षाका लागि चौकी स्थापना गरेको छ ।

‘हामीले दैनिकरूपमा सीमामा गस्ती गरिरहेका छौं,’ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले भने, ‘सीमास्तम्भको अवस्था नियमितरूपमा अवलोकन गर्दै आएका छौँ ।’ सी-मामा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेला-बेला हुन्छ । कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । ‘सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टसमा छलफलसमेत हुने गरेको छ,’ उनले भने, ‘प्रत्येक साता र आवश्यकताअनुसार नियमित पनि संयुक्त ग-स्ती हुने गरेको छ ।’

सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमास्तम्भ मर्मत आˆनो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ । ‘हामीले सीमास्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो, सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ, पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने ।
सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नियमित गस्ती गरिरहेको बताउँछन् । ‘सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ छन्, सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि हामीले पहल गरिरहेका छौँ,’ उनले भने । बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ । सशस्त्रले सीमा सुरक्षासँगै अर्को युनिटले राजश्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रूपमा पनि जिल्लामा परिचालित छ ।

प्रतिक्रिया
ताजा अपडेट