भीमफेदीबाट कै’दी फ’रार प्रकरण : गृहले बनायो छानबिन समिति

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार

हेटौँडा :मकवानपुरको भीमफेदी कारा’गारबाट शनिबार राति क’र्तव्य ज्या’न मु’द्दामा ज’न्मकै’दको सजाय काटिरहेका एक कै’दी फ’रार भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

गृह मन्त्रालयले घ’टनाको छानबिन गर्न आइतबार साँझ मन्त्रालयका उपसचिव दीपक नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ‘समितिले कारा’गारमै पुगेर आवश्यक छानविन गरी प्रतिवेन गृहमा पेस गरेपछि प्रतिवेदनको आधारमा का’रबाही अघि बढ्छ।’

शर्माका अनुसार छानबिन समिति गठनको निर्णय भएको छ भने सोमबार बिहान समितिका संयोजक नेपाललाई चिठ्ठी दिने तयारी गरिएको छ।

कारा’गार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फ’रार भएका हुन्। धामीको खोजी कार्य व्यापक बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत सुरक्षा व्यवस्था कडा गरिएको प्रहरीले बताएको छ। कारा’गारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजीकार्य अघि बढाइएको जेलर प्रकाश खनालले जानकारी दिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu