आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

असल ऋणीलाई किसान कल्याणद्वारा सम्मान


  • स्वदेश नेपाल
  • शनि, कार्तिक ३०, २०७६

तस्बिर: जनकमान डंगोल

३०,कार्तिक/हेटौडा: हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर ८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ । शनिबार लेखा समितिका सभापति तथा संघीय सांसद कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा उक्त सहकारीका अध्यक्ष गोपाल बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का सांसद जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, हेटौंडा उपममहागरपालिका नगर समित बोर्ड सदस्य यसोदा उप्रेती, सहकारीका संस्थापक अध्यक्ष ध्रुववराज पुडासैनी लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै सहकारीको आर्थिक वर्ष ०७५/०७६ सम्म कुल शेयर पुँजी ६९ लाख ७६ हजार २ सय रुपैयाँ रहेको छ । सहकारीमा हाल १ हजार १ सय १५ शेयर सदस्य रहेका छन् । सहकारीमा निक्षेप बचत २ करोड ९६ लाख १५ हजार ६ सय ४४ रुपैयाँ रहेको रहेको संस्थाका व्यवस्थापक केशव कुमार शाहीले बताए ।

तस्बिर साभार: नारायण शिंह थिंग तथा गुगल सर्च

विभिन्न बिधामा सम्मान

सहकारीले २० औं साधारणसभाको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरेको छ । रियो छमछमि सिजन ४ की विजेता सन्ध्या आचार्य, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता नारायण सिं थिङ, रजत पदक विजेता रमेश बस्नेत, एकै पटक शेयर सदस्य बनेका १४ दम्पती, २०७५ सालको एसईई परिक्षामा उत्तीर्ण हुने शेयर सदस्यका ८ जना छोराछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै अधिकतम सिमेन्ट खरिद गर्ने ३ हजार ४ बोरा सिमेन्ट खरिद गर्ने गोरखकाली ट्रेडर्स, २ हजार ६ सय ५६ बोरा खरिद गर्ने लोकतान्त्रिक ऐतिहासिक पार्क निर्माण समिति र २ हजार ३ सय ५६ बोरा खरिद गर्ने चन्द्रोदय मा.वि भवन निर्माण समितिलाई सम्मान गरिएको थियो । त्यसैगरी असल ऋणीको बिना धितो तर्फ धनलक्ष्मी कार्की र गोकुल बहादुर चुनिमगर र धितो तर्फ अनुपा घलान, गणेश श्रेष्ठ, चमेली माया सुयाल, बिर बहादुर घोले गरि ६ जना शेयर सदस्यलाई लगायत अरु पनि विभिन्न विधामा सम्मान गरिएको थियो ।

स्वदेस नेपाल डटकमको लागी हेटौडाबाट जनक मान डंगोल

प्रतिक्रिया
ताजा अपडेट