यातायात कार्यालयमा अख्तियारको छापा, घु’स लिँदालिँदै अधिकृतसहित पाँचजना प’क्राउ

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा छापा मारेर घु’स लेनदेन गरिरहेको अवस्थामा एकजना अधिकृतसहित पाँचजनालाई प’क्राउ गरेको छ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्न आएका विभिन्‍न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत् मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार रुपैयाँ घु’स लिएका थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले घु’स लिने शाखा अधिकृत भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालय काठमाडौंको परिसरबाट प’क्राउ गरेको हो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu