लिपुलेकको सुरक्षामा स’शस्त्र प्रहरी खटाउने तयारी

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

काठमाडौँ। भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ ।

लिपुलेक क्षेत्रमा सीमा अ’तिक्रमण बढेपछि गृह मन्त्रालयले स’शस्त्र प्रहरीलाई त्यहाँ स्थापना गर्न लागेको हो । लिपुलेक तथा कालापानी क्षेत्र आफ्नो दाबी गरी भारतले हालै नक्सा सार्वजनिक गरेपछि वि’वाद चर्किएको थियो ।

सरकारले सीमा बिओपीको संख्या बढाउन लागेको छ । चीनसँगको सीमामा चार बिओपी स्थापना गर्न लागिएको छ । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा स’शस्त्र प्रहरीले बिओपी स्थापना गर्नेछ ।

भौगोलिक रूपमा निकै कठिन भएकाले विस्तृत तयारी गरेर चार नाकामा बिओपी स्थापना गर्न लागिएको स’शस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए ।

लिपुलेकमा बिओपी स्थापना गर्नुलाई महत्वपूर्ण मानिएको छ । दुई वर्षअघि भारत र चीनले नेपालको जानकारीविनै नेपालको भू–भाग पर्ने लिपुलेकमा ट्रान्जिट बनाउने सम्झौता गरेका थिए ।

सो क्षेत्रमा भारत र चीन दुवै देशले नेपालको सीमा मिचेको रिपोर्ट गृह मन्त्रालयमा आएको छ । चीनसँगका अन्य नाकामा पनि आ’पराधिक घटना बढेपछि प्रहरीको उपस्थिति बढाउन लागिएको हो ।

‘यस वर्ष २० देखि २५ वटा बिओपी थप्ने हाम्रो योजना छ,’ उनले भने, ‘थप बिओपी भारतसँगको सीमा क्षेत्रमा स्थापना हुनेछन् ।’गत आर्थिक वर्ष ०७५/७६ मा स’शस्त्रले सीमामा २० बिओपी थपेर ८७ बाट एक सय सातवटा र्पुयाएको छ ।

नेपाल र भारतीबीच एक हजार सात सय ५१ किलोमिटर लामो सीमा छ । जहाँ भारतको स’शस्त्र सीमा बलको पाँच सय ११ बोर्डर पोस्ट छन् । भारतको तुलनामा सीमामा नेपालको उपस्थिति निकै कमजोर छ ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नारायण शर्मा दुवाडीले हरेक आठ किलोमिटरको दूरीमा स’शस्त्र प्रहरीको कार्यालय राख्ने गरी सीमा सुरक्षाको योजना अघि बढाइएको बताए ।

जसका लागि करिब दुई सय १८ बीओपी आवश्यक पर्छ । हाल १६ किलोमिटरको फरकमा बीओपी छन् । बीओपीका लागि छुट्टै दरबन्दी आवश्यकता नपर्ने भएकाले कार्यालय खडा गरी जिल्लाका गण तथा गुल्मबाट खटाउन थालिएको छ ।

Share this:

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu