पार्टीले निर्णय गरे मात्र सरकार छाडिने : उपेन्द्र यादव

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

काठमाडाै‌ । समाजवादी पार्टीको संघीय परिषद्को बैठक बसेको छ । बैठकले सरकारबारे निर्णय लिने बताइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न दबाब बढेपनि ठोस निर्णय लिन भने सकेको छैन ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले तत्काल सरकार नछाड्ने सहितको प्रस्ताव बैठकमा पेश गरेका छन् । उनको प्रस्तावले तत्काल नै समाजवादी पार्टीले सरकार नछाड्ने संकेत देखिएको छ ।

यता अध्यक्ष यादवले भने पार्टीले निर्णय गरे मात्र सरकार छाड्ने बताएका छन् । अध्यक्ष यादवले आफू र प्रधानमन्त्रीबीच बाहिर चलेको हल्ला जस्तो चिसोपना नभएको स्पष्ट समेत पारेका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu