छतबाट ख’सेका देवेन्द्र थापा एक बर्ष यता को’मामा, परिवारले गर्‍यो सहयोगको याचना

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार

वैदेशिक रोजगारीमा गएर परिवारको आर्थिक अवस्था सुर्धान भन्दै २ बर्ष अघि ३५ बर्षिय देवेन्द्रकुमार थापा कतार गए । गरिबी र बेरोजगार भएर कतार गएका उनले ठूला सपना बुनेका थिए । सपना पुरा गर्न मेहनतका साथ एक बर्ष काम पनि गरे ।

उनले पसिनाको कमाई घर पठाएका पनि थिए । तर, प्लम्बरको काम गर्ने उनको सपना जब तुहियो, तब काम गर्दा गर्दै गगनचुम्मी भवनबाट लड्न पुगे । समय र नियतीले उनलाई नराम्ररी ठग्यो । पर्वतको पैयु गाउँपालिका–३ बेउलीवासका उनी एकबर्ष यता कोमामा छन् ।

एक बर्ष कम्पनीले उनको उपचार कतारमै गरायो । तर, एक बर्षको उपचारपछि स्वास्थ्य सुधार नभएपछि हालै उनलाई काठमाडौं पठाइयो ।

उनी अहिले ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचाररत छन् । निम्न स्तरको आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या भएको उनी श्रीमति दिलकुमारी थापाले बताइन् ।

परिवारले उनको उपचारका लागि सहयोगको याचना गरेको छ । ‘उहाँ कोमामा हुनुहुन्छ । उपचार गर्न खर्च छैन । गरिबलाई नै नियती ठग्दो रहेछ,’ थापाले भावुक हुँदै भनिन्, ‘मेरो श्रीमानलाई बचाउन सहयोगको याचना गरिरहेका छौं ।’

थापाको उपचारका लागि श्रीमती दिलकुमारी थापाको नाममा कृषि विकास बैंकमा रहेको खाता नम्बर ०३१८५००९३६०१७०१२ र भाइ यामबहादुर थापाको नाममा सिद्धार्थ बैंकमा रहको खाता नम्बर ०१६१५४५३५३८ सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu