चलचित्र ‘सम्हाली राख है’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । नेपाली चलचित्र ‘सम्हाली राख है’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म भित्र रहेका केही महत्वपूर्ण दृश्य समेटेर ट्रेलर ल्याएको हो । सार्वजनिक ट्रेलर हेर्दा फिल्म एक्सनले भरिएको अनुमान गर्न सकिन्छ ।

आरएल मोक्तानको निर्देशन रहेको फिल्म २९ कार्तिकबाट देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, आरएल लामा, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनको निर्माण रहेको फिल्मका श्यामकृष्ण महर्जन सह निर्माता हुन् । विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द्व, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।

युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवरले समसामयिक बिषयवस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ फिल्म बनाएको निर्माता हरिकृष्ण महर्जनले बताए । निर्देशक आरएल मोक्तानकै पटकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu