सुरक्षागार्डकै अगाडी मन्त्री विष्टको गालामा किन हात पुर्याइन यी आमाले (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । राजनीतिक कामका लागि गृहजिल्ला पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्लाई एक वृद्ध महिलाले माया गरेर गाला मुसारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सरकारले बृद्धभत्ता बढाएपछि खुसी भएकी वृद्ध महिलाले मन्त्री विष्टलाई माया गरेर गाला मुसारेकी हुन् । आफ्नो सन्तानलाई जस्तै गरी उनले माया गरेर गालामा समातेर टाउको हल्लाए पछि वरीपरी रहेका उनका सुरक्षागार्ड र कार्यकर्ता समेत हाँसेका थिए ।

सरकारले सामाजिक सुरक्षा भत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा। युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । अरु भत्ता एक हजार बढेको छ ।

नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले सुरुवात गरेको थियो । तत्कालिन अर्थमन्त्री स्व।भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu