बादललाई उपप्रधानमन्त्री बनाउने तयारी, उपेन्द्रको राजीनामा कुर्दै प्रधानमन्त्री ओली

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको तयारी तिव्र रुपमा गरिरहेका छन् । प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यस विषयमा छलफल गरिरहेका छन् ।

अधिकांश मन्त्रीको काम सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री अ‍ोलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका हुन् । उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,

भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई राजीनामा दिन लगाउने तयारी प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्रीले राम्रो कार्य सम्पादन गरेको भन्दै निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल छन् भने पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेत छन् ।

साथै रामबहादुर थापा बादललाई उपप्रधानमन्त्री बनाउने तयारी प्रधानमन्त्री ओलीको छ । बादललाई अर्को कुनै मन्त्रालय दिएर उपप्रधानमन्त्री बनाइने बालुवाटार निकट स्रोतले बतायो । गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बादललाई उपप्रधानमन्त्रीमा बढुवा गर्न लागिएको हो ।

स्रोतकाअनुसार उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकार छोडेमा बादललाई उपप्रधानमन्त्री बनाइनेछ । यसविषयमा प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डसँग छलफल अगाडि बढाइरहेका छन् । बादललाई कुन मन्त्रालय दिने भन्ने टुंगो लाग्न बाँकी छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu