रक्सोल नाका बन्द गर्न भारतीयको दबाब, आयातकर्मीलाई तनाव

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

वीरगन्ज-भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रूपमा सञ्चालनका लागिवीरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाव बढेको छ ।

भारत सरकारको अर्थमन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाईसबै सरोकारवालाहरूसँग छलफल गर्न पत्रचार गरेको छ । भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्ताहरूलाई भने तनाव भएको छ ।

इन्धन र रेलबाट आउने फलाम, डर्टी कार्गोहरूकोइला,जिप्सन, फ्लाएस, स्लेगलगायत मालसामान रक्सोलबाट नै ढुवानी हुँदै आएको छ । फलाम बाहेकका सबै सामान सिमेन्ट उद्योगमा प्रयोग गरिने कच्चा पदार्थहरू हुन् ।

सिमेन्ट उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ मध्य क्लिंकर भने सन् २०१८ डिसेम्बर २२ तारिकदेखि रक्सोल नाकामा अनलोड गर्न रोक लगाएको छ ।

भारतले रक्सोल स्टेसनमा रोक लगाएपछि भारतकै मुज्जफरपुरको नारायणपुरबाट ट्रकमा ढुवानी गर्दै आएकोमा अहिले भने आयात रोकिएको छ ।अन्य डर्टी कार्गोहरू भने रक्सोलबाटै आउने गरेको छ । अब यसलाई पनि आईसीपीबाटै आयात गर्नुपर्ने बध्यात्मक अवस्थाको सिर्जना हुने भएपछि आयातकर्ताहरू चिन्तित भएका हुन् ।

उनीहरूको मुख्य चिन्ता भने सीमापारी भारततर्फको सडकको अवस्था नै हो । रक्सोलस्थित कार्गो अनलोड गर्ने रेलवे स्टेसन (साइडिङ)बाट आईसीपीसम्म जोड्ने सडक स्तरीय नहुँदा त्यहाँबाट कार्गो ढुवानीमा समस्या हुने उनीहरूको भनाई छ ।

दुवैदेशको भन्सार प्रणालीमा एकरूपता ल्याउनका लागि भारत सरकारले नै निर्माण गरिदिएको आईसीपीबाट ल्याउनुपर्ने अस्थाको सृजना भएको छ ।भारतर्फको रक्सोल नाकालाई बन्द गरी सबै आयात आईसीपीबाट नै गर्नुपर्ने भएपछि आयातकर्ताहरू चिन्तामा छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu