मन्त्री हेरफेर गर्न नेकपा सचिवालय बैठक बस्दै

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

नेकपा सचिवालय बैठक आज (सोमबार) बिहान बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजेपछि बस्ने बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग छलफल गरेका थिए। यही विषयमा छलफलका लागि ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक बोलाएका हुन्।

स्रोतका अनुसार आजको बैठकमा भारतले कालापानीमा गरेको सीमा अतिक्रमण, पार्टी एकताको बाँकी काम लगायतका विषयमा पनि छलफल हुनेछ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu