फेसबुक र ट्विटर चलाउन तालिम लिँदै प्रदेशसभा सदस्य

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

विराटनगर : प्रदेशसभा सदस्यलाई एक संस्थाले विराटनगरमा फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ। प्रदेश-१का १८ प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो।

तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगताबारे सिकाइएको इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देलले बताए।

प्रदेश-१का सभामुख प्रदीपकुमार भण्डारीले तालिमको उद्घाटन गर्दै संचार र सामाजिक संजाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने समय आएकाले यो तालिम प्रभावकारी हुने बताए।

सामाजिक संजालमा गरिने लाइक, कम्मेन्ट र पास्टले महत्वपुर्ण अर्थ राख्ने भएकाले यसको सही प्रयोगका लागि सबै सचेत रहनुपर्ने भनाई उनको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu