सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलद्वारा राजीनामा

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ ।

आर्थिक अनियमितताको आरोप लागेपछि राज्यमन्त्री रावलले आज राजीनामा दिनुभएको हो ।

रावलविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ । साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

रावलले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको बताउनुभएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu