परराष्ट्रमन्त्री ज्ञवाली भन्छन कालापानी फिर्ताका लागि सरकारले पहल थालिसक्यो

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानीलाई आफ्नो सीमामा राखेर भारतले एकपक्षीयरुपमा नक्सा जारी गरेको र त्यो नेपाललाई मान्ने नहुने बताएका छन् । अनेरास्ववियूबाट आइतबार ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कालापानीलाई आफ्नो सीमामा राखेर भारतले एकपक्षीयरुपमा नक्सा जारी गरेको र त्यो नेपाललाई मान्ने नहुने बताएका हुन्।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भारतले आफ्नो नक्सामा पारेको कालापानीमा तत्कालै स्थलगत अनुगमन टोली पठाउन र नेपाली भूमि फिर्ता गर्न सरकार अघि बढ्नु पर्ने माग गरेपछि मन्त्री ज्ञवालीले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

मन्त्री ज्ञवालीले कालापानीको विवाद सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल सुरु गरिसकेको सुनाए । तर उनले सरकारले कहिले र के पहल गर्यो भन्नेबारे प्रष्ट भने पारेनन् ।

उनले भने, ‘ हामीलाई हाम्रो सीमा प्रस्ट थाहा छ । लिम्पियाधुराको कुटीयाङ्दी नदी होम्रो भएकोमा कुनै शंका छैन। तर सानो कृतिम धारा बनाएर भारतले सीमा भन्दै आएको छ, त्यो गलत हो। हामीलाई स्वकार्य छैन। ’

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu