बालुवाटारमा ओली-प्रचण्डबीच छलफल, मंगलबार सचिवालय बैठक बस्ने

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं :सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकताको काम टुंग्याउने तयारी गरेको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेको स्रोतले बतायो।

अध्यक्षद्वयबीच आइतबार दिउँसो बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको र आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतले बतायो। नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन।

अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन्। अमिक शेरचन प्रदेश ४ को प्रमुख भएपछि अनुशासन आयोगमा अमृत बोहोराले नेतृत्व पाउने लगभग टुङ्गो लागेको छ।

मंगलबारको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउने स्रोतले बतायो। अध्यक्ष प्रचण्ड सोमबार चितवन जाने कार्यक्रम छ। उनी चितवन फर्किएलगत्तै नेकपाको सचिवालय बैठक बस्न लागेको हो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu