कारा*गार बाट अस्पताल हिँडेका भारती पुगे हिमालय होटल, असई नि*ल-म्बनमा

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ। डिल्लीबजार कारा-गारको प्रहरीले सुडान घो-टा-लाका दो-षी शम्भु भारतीलाई होटल हिमालय पुर्‍याएको खुलेको छ। वीर अस्पतालमा उपचार गर्ने कागजात बनाएका भारती कुपण्डोलस्थित होटलसम्म पुगेको देखिएपछि प्रहरीले घ-ट-नाबारे छा-नबिन नै थालेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भारतीलाई उपचार बहानामा होटल हिमालयन लगेर ‘मोज’ गराएको आ-रो-पमा एक जना असईलाई नि-ल-म्बन नै गरेको छ।

डिल्लीबजार कारा-गारका प्रहरी सहायक निरीक्षक प्रकाश ढाँटलाई शनिबार नि-ल-म्ब-न गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार उपचार गर्ने पत्रवाहक भारतीलाई असई ढाँटले हिमालयन होटल पुर्‍याएको देखिएकाले उनलाई नि-ल-म्बन गरिएको हो।

‘ड्युटी इन्चार्ज ढाँट भएको बेलामा भारती होटल हिमालयन पुगेको देखिएपछि असईलाई नि-ल-म्ब-न गरिएको हो,’ थापाले भने, ‘यस घ-ट-नाबारे थप छा-नबिन भइरहेको छ।’

ललितपुर प्रहरी परिसरले पनि घ-टनाबारे छा-नबिन गर्न प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। परिसर प्रमुख एसएसपी टेकबहादुर राईले शुक्रबार गठन गरिएको समितिलाई तीन दिनभित्र प्रतिवेदन दिन नि-र्देशन दिइएको बताए।

कात्तिक २१ गते भारती होटल हिमालयन पुगेको प्रारम्भिक अ-नु-सन्धानमा देखिएको छ। प्रहरी स्रोतका अनुसार भारती फर्कंदा होटल हिमालयनमा उनले उपचारका लागि कारा-गारले दिएको कागज छोडे।

सो कागजबारे होटलका कर्मचारीले प्रहरी प्रभाग पुल्चोकमा जानकारी दिएका थिए। प्रभागका प्रहरीले कागज जिम्मा लिएर तुरुन्तै कारा-गारमा फर्काएका थिए।

पुल्चोक प्रभागले भारतीको कागज हिमालयबाट प्राप्त भएको रिपोर्टिङ उपल्लो निकायमा नगरी किन कारा-गार पठायो भन्ने पनि छा-नबिन भइरहेको ललितपुर परिसरले जनाएको छ।

‘मेरो मातहतले मलाई रिपोर्टिङ नगरी किन कारा-गारमा कागजात पठायो भन्नेबारे छानबिन भइरहेको छ,’ एसएसपी राईले भने, ‘सोमबारसम्ममा छानबिन प्रतिवेदन आउँछ।’

यसरी पुगे भारती हिमालय

डिल्लीबजार कारागार स्रोतका अनुसार भारतीले नियमित जाँचका अस्पताल जान निवेदन दिएका थिए। उनी जेल चलान हुँदा हातको हड्डीमा समस्या रहेको जनाएका थिए।

भारतीको निवेदन आएपछि कारा-गार प्रशासनले आफ्ना स्वास्थ्यकर्मीलाई बोलाएर जँचायो। भारतीलाई उपचार खाँचो रहेको चिकित्सकले औंल्याएपछि वीर अस्पतालको अर्थो वार्डमा लैजान भारतीलाई अनुमति दिइएको थियो।

जेलर अरूण पोखरेलका अनुसार भारतीलाई १९ गते वीर लगेर उपचार गराउन अनुमति दिइएको थियो। ‘हामीले फलोअप उपचारमा लैजान अनुमति दिएका थियौं, जँचाएर फर्किंदा हिमालयन होटल पुगेको भन्ने सुन्नमा आएको छ,’ जेलर पोखरेलले भने।

२१ गते जँचाएर फर्किने क्रममा भारतीलाई किन हिमालयन होटल पुर्‍याइयो र त्यहाँ को सँग भेट गराइयो वा खानपिनकै लागि मात्र लगिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

भारती नेपाल प्रहरीको चर्चित सुडान घोटा-लाका अ-भियुक्त हुन्। उनलाई गत भदौ १३ गते केन्द्रीय अनुसन्धान ब्युरोले प-क्रा-उ गरेको थियो। प-क्रा-उ-लगत्तै भारती डिल्लीबजार कारा-गार च-लान भएका थिए।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बि गो र ज-रि-वाना सहित एक वर्ष जे ल स-जाय फैसला गरेको थियो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu