भारतले नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो : परराष्ट्रमन्त्री

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको बलमिच्याइँका कारण नेपाली सीमा मिचिएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले आइतबार यस्तो बताएका हुन्।

‘ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक-कालापानी-लिम्पियाधुरा नेपालकै भूमि हो, हामीसँग प्रर्य‍‍ाप्त प्रमाण छन्’, उनले भने,’यति हुँदाहुँदै पनि भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो, समस्या सामधान गर्न सरकारले कूटनीतिक कदम चाल्छ।’

विगतका सरकार निरंकुश तानाशाही हुँदा र नेताले सत्तालाई बढी प्रथामिकता यस्तो समस्या निम्तिएको मन्त्री ज्ञावालीले प्रष्ट पारे। अहिलेको सरकारले निडर भएर आफ्नो भूमिको सुरक्षा गर्ने समेत उनले बताए।

‘विगतमा सरकार नि-रं-कुश ता-ना-शा-ही हुँदा र नेताहरुले सत्तालाई बढी प्रथामिकता दिँदा सीमा खु-म्च्याउने काम भएको छ। त्यो बेला कूटनीतिक महल हुन सकेन’, मन्त्री ज्ञावालीले भने,’अहिलेको सरकारले राष्ट्रियता, स्वाधिनता र सीमा सुरक्षाको विषयमा नि-ड-र भएरअघि बढ्छ।’

शनिबार भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकमा सहभागी प्रमुख प्रतिपक्षीलगायत सम्पूर्ण दलले भूमि रषामा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका थिए ।

सीमा विवादको विषयमा आन्दोलनरत पक्षलाई उत्ताउला अभिव्यक्ति नदिनसमेत प्रधानमन्त्रीले आग्रह गरेका छन् । सरकारले भारतलाई मैत्रीपूर्ण ढंगले तथ्यतथ्यांक राखेर सम्झाएरै आफ्नो भूभाग फिर्ता लिने प्रधानमन्त्रीको भनाइ छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu