सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा बुझाएका हुन्।

राज्यमन्त्री रावलले दिएको राजीनामा मुख्यमन्त्री त्रिलोचन भट्टले स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जानकारी दिए।

राजीनामा पत्र मुख्‍मन्त्रीलाई बुझाएको रावलका स्वकीय सचिव रवीन्द्र सुनारले बताए। उनले आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्‍यमन्त्रीलाई बुझाएर फर्किएको सुनारको भनाइ छ। कञ्चनपुरको एक क्याम्पसको शेयर बिक्रीमा सं-ल-ग्न-ताको आ-रो-प लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu